pokhara news

स्याङ्जामा ४ जना कसुरदार पक्राउ, विभिन्न स्थानमा गाँजा फडानी

साउन ६, वालिङ ।
स्याङ्जामा विभिन्न मुद्दाका फरार ४ जना कसुरदार पक्राउ गरेको छ । विभिन्न मुद्दाका फरार ४ जना कसुरदार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १ का हाल पोखरा महानगरपालिका १५ नयाँ गाउँ बस्दै आएकी मिना खाती रहेकी छन् । खाती बैंकिङ कसुरदार रहेको र रु.७ लाख २५ हजार जरिवानासहित १० कैद तोकिएको प्रहरीले जनाएको छ । यसैगरी चापाकोट ३ का अंशबण्डा कसुरदार हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र यामाया पौढेल रहेका छन् । पक्राउ परेका कसुरदारहरुलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि आज जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले सम्मानित अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका मध्ये निम्न ४  (चार) जना फरार कसूरदारलाई  पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको हो ।
यसैगरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा हरियो गाँजाका बोट फडानी गरेको छ । प्रहरी टोलीले स्थानीय समुदाय (स्थानीय तहका पदाधिकारीहरू,युवा क्लव,आमा समूह) सँगको सहकार्यमा स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा अन्दाजी ११ हजार ५४ हरियो गाँजाको बोटहरू फडानी गरी नष्ट गरिएको हो ।
अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन, कानूनको कार्यान्वयन साथै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज जिल्लाका विभिन्न स्थानहरुमा हारियो गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छट । 
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर