स्याङ्जामा Rastriya Swatantra Party को आह्वान : धन्यवाद ज्ञापनसँगै सदस्यता अभियान तीव्र बनाउने तयारी
स्याङ्जा । Rastriya Swatantra Party जिल्ला कार्यालय Syangja ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत दिई समर्थन गर्ने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा सम्मानजनक मत प्राप्त गराई घण्टी चिन्हका उम्मेदवारहरूलाई साथ दिएकोमा सम्पूर्ण न्यायप्रेमी तथा परिवर्तनका पक्षधर मतदाताप्रति हार्दिक आभार प्रकट गरेको जनाएको छ।
साथै पार्टीले आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने उद्देश्यसहित सदस्यता अभियानलाई तीव्र बनाउने तयारी गरेको जानकारी दिएको छ। सोही क्रममा २०८२ साल चैत महिनाभित्र सबै वडामा वडा अधिवेशन र २०८३ साल वैशाख महिनाभित्र सबै पालिकामा पालिका अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको उल्लेख गरिएको छ।
पार्टीले परिवर्तनको अभियानलाई अझ सशक्त बनाउन इच्छुक नागरिकलाई पार्टीको सदस्यता लिन पनि आह्वान गरेको छ। इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक वेबसाइट rspnepal.org मार्फत वा मोबाइलमा ‘घण्टी एप’ डाउनलोड गरेर सदस्यता लिन सक्ने व्यवस्था गरिएको जनाइएको छ। साथै पालिका समितिसँग सम्पर्क गरेर पनि सदस्यता लिन सकिने बताइएको छ।
पार्टीका जिल्ला सभापति रमागत भण्डारी ले जारी गरेको विज्ञप्तिमा स्याङ्जामा परिवर्तनको चाहना राख्ने नागरिकहरूलाई पार्टीसँग जोडिन आग्रह गर्दै संगठन विस्तार र राजनीतिक रूपान्तरणको अभियानलाई अघि बढाइने उल्लेख गरिएको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment