स्याङ्जा–पोखरा सिद्धार्थ राजमार्ग डेडिकेटेड दुईलाईन बन्नेछ : पूर्व मन्त्री अर्याल
फागुन २१, वालिङ ।
नेपाल सरकारका पूर्व मन्त्री पद्मा अर्यालले स्याङ्जा–पोखरा सिद्धार्थ राजमार्ग डेडिकेटेड दुई लाइन छिट्टै बन्ने बताउनुभएको छ । यसका लागि यही आथिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन हुने र निर्माणको काम हुने नेकपा एमालेका सचिव एव्म् पूर्व मन्त्री अर्यालले बताउनुभएको हो ।
आज बुधबार स्याङ्जाको वालिङमा चेम्बर अफ कमर्शद्वारा आयोजित प्रथम पिङ्कसिटी महोत्सव वालिङ २०८१ मा सम्वोधन गर्दै पूर्व मन्त्री अर्यालले यो राजमार्गको विषयमा धेरै कुरा उठिरहेको र २०७७/०७८ को बजेटमा १४ अर्ब बजेट विनियोजन भएपनि सरकार परिर्वतनसंँग हटाईएको भन्दै वर्तमान सरकारले यो विषयलाई सम्बोधन गर्ने व्यक्त गर्नुभयो ।
कांगे्रस र एमाले मिलेर बनेको सरकारले अधुरा कामलाई सम्पन्न गर्नका लागि सरकार अगाडि बढेको उहाँको भनाई थियो । अधुरा कामलाई सम्पन्न गर्नका लागि वर्तमान सरकार लागि परेको भन्दै समृद्धिका लागि र नागरिकका अधुरा सपना पूरा गर्न गठबन्धनको सरकार बनेकोे उहाँले बताउनुभयो । साथै पूर्वमन्त्री अर्यालले देश समृद्ध हुनको लागि पहिला गाउँ र नगर समृद्ध हुन आवश्यक रहेको औंल्याउनुभएको थियो । भाषणमा मात्रै समृद्धि सीमित हुन नहुँने भन्दै यस क्षेत्रका राजनीतिक दल तथा व्यापारी व्यवसायीलाई नेतृत्व गर्ने संस्थाहरुले साझा छलफल गरी सोही अनुसारको योजनाका साथ अगाडि बढ्न उहाँको सुझाव छ ।
महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिका भलिवल, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, लोक दोहोरी प्रस्तुति, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, प्रचारात्मक टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलापसहितका गतिविधिहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछन् ।
यसैगरी भोलि विहिबारको आकर्षणमा राष्ट्रिय कलाकारहरु राजु परियार, शिला आले, जीवन दाहल, चेतन गोतामे, कोपिला न्यौपानेलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment