स्याङ्जा आईसिसि भलिबल कपको उपाधि विरुवालाई
वालिङ ५ कार्तिक ।
स्याङ्जा आईसीसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिकाले जितेको छ । सोमबार वालिङमा भएको फाईनल खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै बिरुरुवाले उपाधि जितेको हो । सुरुमा लगातार दुई सेट निकालेकाे पुतलीबजारलाई पछिल्लाे तीनसेटमा लगातार जीत निकाल्दै उपाधी चुमेकाे हाे ।
स्याङ्जा आईसिसि कपको उपाधिसंँगै बिरुवाले नगद १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेकाे पुतलीबजार नगरपालिकाले नगद १ लाख प्राप्त गरेकाे छ । यसैगरी तृतीय भएको भीरकोट नगरपालिकाले नगद ५० हजार र सान्त्वना कालिगण्डकी रु २५ हजारसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्
कार्यक्रममा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले खेल तथा खेलाडिको विकासका लागि प्रदेश सरकारकाे साथ रहने बताउनुभयो । प्रदेश सरकारले खेल क्षेत्रको स्तरोन्नतिका लागि विभिन्न भौतिक संरचना निर्माणका साथै खेलाडिको दक्षता विकासकामा सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडी अमृत केसी ( बिरुवा ), उत्कृष्ट स्पाइकर सन्जु बिक्रम शाह ( पुतलीबजार ), उत्कृष्ट सेटर मिलन राना ( बिरुवा ), उत्कृष्ट ब्लकर संजोग परियार ( बिरुवा ), उत्कृष्ट क्वीकर कमल सुनार ( बिरुवा ), उत्कृष्ट सर्भर देवेन्द्र परियार ( पुतलीबजार ), बेस्ट डिफेन्डर जीत बहादुर नेपाली ( भीरकोट ) र उदियमान खेलाडी आशिष नेपाली ( पुतलीबजार ) लाई नगदसहित पुरस्कृत गरिएको खेल संयोजक प्रकाश श्रेष्ठले बताउनुभयो .
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मूल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएकाे समाजका अध्यक्ष वीरेन्द्रजंग केसीले बताउनुभयो । प्रतियोगितामा जिल्लाका ११ पालिकाकोे सहभागिता रहेको थियो । साथै प्रतियोगिताको समापनका अवसरमा राष्ट्रिय कलाकारहरुकाे साङ्गितिक प्रस्तुतिले थप मनाेरञ्जन पर्दान गरेकाे थियाे ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment