स्याङ्जा क्षेत्र नं. २ मा एमालेका खिमबहादुर थापाको २० ग्यारेन्टीसहित संकल्प प्रस्ताव सार्वजनिक
वालिङ, स्याङ्जा। स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खिमबहादुर थापाले नेकपा (एमाले) को तर्फबाट २० ग्यारेन्टीसहितको संकल्प प्रस्ताव सार्वजनिक गर्नुभएको छ। आगामी पाँच वर्षभित्र कार्यान्वयन गर्ने योजनालाई स्पष्ट प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै उहाँले सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको हो।
सार्वजनिक गरिएको प्रस्तावमा नीतिगत तथा संरचनागत सुधारमार्फत समृद्धिको आधार निर्माण, राष्ट्रिय हित र नागरिकको सर्वोपरि हित संरक्षण तथा “कोही भोकै नपर्ने” नीति कार्यान्वयन गर्ने प्रतिबद्धता उल्लेख छ।
उम्मेदवार थापाले स्वदेशी उत्पादन प्रवर्द्धनका लागि “मेक इन नेपाल” अभियान सञ्चालन, आवासविहीनलाई सुरक्षित आवास, सबैका लागि रोजगारी र नियमित आम्दानीको सुनिश्चितता गर्ने योजना अघि सार्नुभएको छ। साथै, पूर्ण साक्षर देश निर्माण, अवसरशील शिक्षित युवा उत्पादन तथा “निरोगी नेपाल, सबल नागरिक” अभियानलाई प्रभावकारी बनाउने लक्ष्य पनि समेटिएको छ।
संकल्प प्रस्तावमा प्रत्येक परिवारलाई निश्चित परिमाणसम्म खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने, कृषि क्षेत्रका लागि मल र सिँचाइको व्यवस्था सहज बनाउने, सडक पूर्वाधार विस्तार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने उल्लेख छ।
त्यसैगरी, व्यवस्थित र हरियाली बस्ती निर्माण, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाह, सामाजिक सुरक्षाको दायरा विस्तार, वित्तीय पहुँच विस्तार, सुरक्षित मातृत्व र स्वस्थ महिनावारी कार्यक्रम, सस्तो र भरपर्दो सञ्चार सुविधा तथा “सभ्य समाज : मर्यादित नागरिक” अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
उम्मेदवार थापाले यी प्रतिबद्धता पूरा गर्न बलियो जनमत आवश्यक रहेको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment