स्याङ्जा सुधार प्रयास यात्रा
वालिङ, ८ पुस ।
युवाहरुले स्याङ्जा सुधार प्रयास यात्रा गर्ने भएका छन् । जिल्लाका केही युवाहरुको समूहले स्याङ्जा सुधार प्रयास यात्रा गर्ने चापाकोट नगरपालिका २ नम्वर वडाका सागर थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । यही पुस १८ गतेदेखि जिल्लाको मध्येभाग वालिङबाट स्याङ्जा सुधार प्रयास यात्रा गर्ने २७ वर्षीय थापाले बताएका छन् । आँफूलगायत केही युवाहरुको समूहले स्याङ्जा सुधार प्रयास यात्रा समर्पण स्याङ्जाका लागि भनेर गरिने थापाको भनाई छ । जिल्लामा कृषि औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्छ, बजार व्यवस्थापन गरिनुपर्दछ, जिल्लाभरिनै खाद्यान्न सामग्रीको महङ्गी नियन्त्रण हुनुपर्दछ, मेडिकल कलेज र इञ्जिनियरिङ कलेज स्थापना हुन आवश्यक छ भनेर नागरिकहरुका बीचमा पुगी सुसुचित गर्नेलगायतका उद्देश्यले यात्रा गरिने थापाले बताएका छन् । अब हुने निर्वाचनमा पार्टी र व्यक्ति भन्दापनि हामीले तय गरेका उद्देश्य र एजेण्डा लिएर आउने सक्षम व्यक्तिलाई भोट दिएर जिताउनुपर्ने थापाको भनाई थियो ।
आफूहरुको यात्रा एक दुईवर्षदेखि आठ दशवर्षसम्म पनि लाग्न सक्ने उनले जनाए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment