स्ववियु निर्वाचनमा प्यानलै जित्ने दाउमा रहेको नेविसंघ असफल
चैत ६, वालिङ ।
स्याङ्जाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसमा हिजो मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्वकरुपमा सम्पन्न भयो । अघिल्लो कार्यकालमा जस्तै प्यानलै जित्ने दाउमा रहेको नेविसंघलाई निर्वाचन परिणामले असफल गरायो । लामो समयपछि १२ औं निर्वाचनबाट प्यानलै नेतृत्व हत्याएको नेविसंघले पुनः दोहो¥याउने तयारीकासाथ लागेको थियो । अत्यन्त कमजोर ठानिएको अनेरास्ववियुलाई प्राप्त परिणामले दरिलोरुपमा रहेको देखाएको छ ।
निर्वाचनले सचिव जस्तो प्रभावकारी पदाधिकारी पद यस पटक अनेरास्ववियुले हत्याएको छ । अनेरास्ववियुकि बिना रेग्मीले नेविसंघकि ममता रेग्मीलाई २४ मतले पछि पार्दै सचिवमा निर्वाचित भएकि छन् । नेविसंघकि ममताले ३ सय ४२ मत प्राप्त गर्दा बिनाले ३ सय ६६ मतसहित निर्वाचित भएकि हुन् । अध्यक्षसहित अरु पदमा भने नेविसंघ पक्षले जीतेको छ ।
अध्यक्ष पदका उम्मेदवार निराज श्रेष्ठले ३ सय ७७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी विष्णु पंगेनीले ३ सय ४२ मत पाएका छन् ।
यसैगरी कोषाध्यक्षमा नेविसंघका विवेक कुँवर विजयी भएका छन् । कुँवरले ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी भुमबहादुर रानाले २ सय ९२ मत ल्याएका छन् ।
यस्तै सदस्यहरुमा याम प्रसाद पंगेनी ४ सय २४, प्रवेश पौड्याल ४ सय २२, पूजा कोइराला ४ सय ३, पवित्रा विक ३ सय ९८, नम्रता पौडेल ३ सय ९५ र दीपा कुमारी आलेले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् । विजयी सबै श्रेष्ठ प्यानलका हुन् ।
यस्तै अनेरास्ववियुका तर्फका उम्मेदवारहरु सफल लुइँटेल ३ सय १८, सुरक्षा खत्री ३ सय ४, कविता राना ३ सय ३, भीमप्रसाद डुम्रे २ सय ९९, अमन परियार २ सय ८१ र स्नेहा एस केले २ सय ७८ मत ल्याएका छन् ।
प्रत्येक्ष निर्वाचित पदाधिकारी एवम् सदस्यहरुको साथै समानुपातिकबाट अरु ६ जना नयाँ कमिटीमा आउने छन् । समानुपातिकबाट उपाध्यक्ष १ र सहायक सचिव १ जना मनोनित गरिने छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment