स्व. टिकाराम पौडेलको ८औँ दिनको पुण्यतीथिमा श्रद्धान्जली सभा
असोज १२, वालिङ ।
स्व. टिकाराम पौडेलको ८औँ दिनको पुण्यतीथिमा शनिबार श्रद्धाञ्जलीसभा गरिएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर ३ रापाकोटमा श्रद्धान्जली सभा गरिएको हो । नेपाल सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालका ससुराबुवा स्व. पौडेलको ८औँ दिनको पुण्य तीथिमा शनिबार नेकपा एमाले वालिङ नगर कमिटिले श्रद्धान्जली सभा गरेको हो ।
सभामा नेकपा एमाले नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेलले स्व. पौडेल नेपाल कम्युनिष्ट पार्टीको अभिभावक भएको भन्दै उहाँको निधनले सिंगो नगरकमिटि तथा पार्टीलाई क्षति पु¥याएको बताउनुभयो । कार्यक्रममा पार्टीका जनवर्गीय संगठनहरुको पनि सहभागिता रहेको थियो ।
स्व. पौडेलको ८५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो । स्व. पौडेलका श्रीमती, ३ छोरा र दुई छोरी रहनुभएको छ । स्वर्गीय पौडेल विगत ८ वर्षदेखि मुटु रोगको विरामी हुनुहुन्थ्यो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment