pokhara news

हरिनासमा सातौं अध्यक्ष कप—२०८२ सुरु, गण्डकी प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापनपत्र

जेठ २, वालिङ ।
स्याङ्जाको हरिनास गाउँपालिकामा सातौं अध्यक्ष कप—२०८२ सुरु भएको छ । हरिनास गाउँपालिकाले वडा नम्वर ६ स्थित क्याक्मीको दग्दीमा सातौं अध्यक्ष कप—२०८२ आजदेखि सञ्चालन गरेको हो । 
हरिनास गाउँपालिकाद्वारा आयोजित सातौं अध्यक्ष कप—२०८२ दग्दीको पीताम्वर माध्यमिक विद्यालयको खेलमैदानमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले आज समुद्घाटन गर्नुभएको हो । अध्यक्ष कपको समुद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पाण्डेले खेलक्षेत्रबाट राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय क्षेत्रमै आफूलाई स्थापित गर्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । खेलाडीहरुले आ आफ्नो रुचि अनुसारको खेल प्रदर्शन गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न क्रमिकरुपमा विकास भैरहेको उहाँले व्यक्त गर्नुभयो । यस्ता प्रतियोगिताहरुले गाउँमा रहेका प्रतिभावान खेलाडीहरुलाई बाहिर निकाल्न ठूलो मदत मिल्दछ भन्ने आफूलाई लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “गाउँमा रहेका प्रतिभावान खेलाडीहरुलाई बाहिर निकालेर जिल्ला, राष्ट्र र अन्तराष्ट्रसम्म पु¥याउन मदत गर्दछ । गण्डकी प्रदेशले पनि खेलाडीहरुका लागि कहिं न कहिं खेल प्रदर्शनको वातावरण सिर्जना गर्ने प्रयत्न गरिरहेको छ ।”  खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा लागेको मुख्य मन्त्री पाण्डेले उल्लेख गर्नुभयो । खेलाडीहरुलाई प्रोत्साहन मिलोस, खेललाई पेशा बनाउन चाहनेलाई थप प्रोत्साहित गर्न सकियोस भनेर खेलाडीहरुलाई प्रशिक्षण दिने र खेलाडी तथा प्रशिक्षकहरुको आकस्मिक बीमा एवम् निःशुल्क औषधोपचारको पनि व्यवस्था गरेको बताउनुभयो । यसकासाथै मुख्य मन्त्री पाण्डेले ज्याग्दी करिडोर, मिर्दी भिमाद सडक, विभिन्न स्थानमा पूरा हुन नसकेका खानेपानीको व्यवस्थापन, कृषिलगायतका क्षेत्रमा गण्डकी प्रदेशले अबको बजेटमा सम्वोधन गर्नेगरी लागेकोसमेत जानकारी गराउनुभयो ।
कार्यक्रमको जानकारी गराउँदै गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरलेसातौं अध्यक्ष कप आयोजना गरेर मुख्य मन्त्रीज्यूलाई आमन्त्रण गर्नु, यहाँको गिरकोट देखि क्याक्मीसम्मको बाटो देखाउनु र यसका लागि बजेट हाल्ने मुख्य उद्देश्य रहेको बताउनुभयो । यसका साथै सर्बदलीय सहमति र कार्यपालिकाको बैठकको निर्णय वमोजिम मुख्यमन्त्रीज्यूलाई यो सडकको लागि बजेटको विनियोजनको आग्रह र विश्वासका साथ ज्ञापनपत्र हस्तान्तरण गर्नेसमेत अध्यक्ष मानन्धरले उल्लेख गर्नुभयो । यस अनुसार गाउँपालिकाको तर्फबाट समस्या सम्वोधनको आग्रहसहित अति आवश्कीय विषय उल्लेख गरी मुख्य मन्त्रीलाई ज्ञापनपत्र प्रदान गरिएको छ । अध्यक्ष मानन्धर र उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सातौं अध्यक्ष कपमा सातवटै वडाले सहभागिता जनाएका छन् । पुरुष भलिबलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७० हजार, ५० हजार, ३५ हजार र २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला तथा भेट्रान्स भलिबलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तैगरी व्याडमिन्टनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सातौं अध्यक्ष कपको समापन ५ गते सोमबार गरिने र समापनका दिन गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री खगराज अधिकारी आउनुहुने गाउँपालिकाका अध्यक्ष मानन्धरले जानकारी गराउनुभयो ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर