हरिशयनी एकादशीका दिन छायाँक्षेत्र मन्दिरमा उल्लेख्य उपस्थिति
साउन २, स्याङ्जा
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक छायाँक्षेत्र मन्दिरमा आज बुधबार हरिशयनी एकादशीका दिन उल्लेख्य दर्शनार्थीले स्नान एवम् मन्दिर दर्शन गरेका छन् । मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा हरेक पर्व विशेषमा भक्तजनहरुको घुँईचो लाग्ने गर्छ ।
तुलसी रोप्ने एकादशी साउन महिनामा परेकाले पनि भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । योसँगै साउन महिना भगवान शिवको महिना भएकाले भक्तजनको विशेष भीड लाग्ने गर्दर्छ । बुधबार हरिशयनी एकादशीका अवसरमा मन्दिर स्नान तथा पूजापाठका लागि छायाँक्षेत्र मन्दिरमा भक्तजनको विषेश उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक सङ्कलन समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
हरिशयनी एकादशीको अवसरमा छायाँक्षेत्र मन्दिर आउनेहरुबाट १ लाख ८९ हजार ७ सय ७ रुपैयाँ भेटि संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक सङ्कलन समिति संयोजक पौडेलका अनुसार मन्दिरमा दानपेटिकाबाट १० हजार ६ सय ५०, भजनमण्डलीबाट ३९ हजार १ सय ३०, स्टल बिक्रिबाट २ हजार, पार्किङ सेवाबाट ५ हजार र सहयोग रसिदबाट २२ हजार ५ सय ७, आजीवन सदस्यताबाट ५० हजार, जलधाराबाट ३० हजार १ सय १०, शिव लिंगमा चढाईएको ३० हजार १ सय १० गरी १ लाख ८९ हजार ७ सय ७ रुपैँया भेटि संकलन भएको हो ।
यसरी विभिन्न पर्व विशेषबाट सङ्कलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विशेषगरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउने संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचतुर्दशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ ।
छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment