हिंसा भड्काउनेलाई कडा कारबाही गर्न कांग्रेसको माग, पश्चगमनविरुद्ध गोलबद्ध हुन एमालेको आह्वान
चैत्र–१६, काठमाडौ ।
नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाडौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् ।
वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ ।
नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ ।
यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबद्ध हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख गर्नुभएको छ ।
राजावादी प्रदर्शनका क्रममा काठमाण्डौको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको एमालेले निन्दा गरेको गरेको छ ।
आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि एमालेले सरकारसँग माग पनि गरेको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment