हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक
रामपुर, २६ साउन ।
पाल्पाको रामपुरमा हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक गरिएको छ । महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक आइतबार रामपुर नगरपालिकामा गरिएको हो ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरेले विभिन्न कानुन निर्माणमा ढिलाई हुँदा जनताले अनुभूति हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पूर्ण संस्थागत गर्न नसकेको बताउनुभयो । दुई ठुला दलको राजनीतिक स्वार्थका कारण पनि केही कानुन निर्माणमा त्रुटि र ढिलाई हुनुका साथै बनेका कानुन लागू गर्न ढिलाई भएको उहाँको भनाई थियो । भौतिक निर्माणका कामले मात्रै विकास पूर्ण नहुने भन्दै उहाँले महिला अधिकारको क्षेत्रमा पनि केही कानुनी व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यले आफू लागि परेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिका र रम्भा गाउँपालिकाको आवश्यकतालाई मध्यनजर गरेर आफूले २ पालिकालाई रोजेर महिला अधिकारको क्षेत्रका काम थालेको गैह्रेले बताउनुभयो । साथै राष्ट्रिय सभा सदस्य गैरेले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व राखेर विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले सिफारिस प्रणालीको निर्देशिका निर्माणका लागि थप छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका कार्य बहाक नगर प्रमुख तथा प्रवक्ता कपिल बहादुर खाँणले महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली नगरपालिकाको लागि नयाँ निर्देशिका भएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभयो ।
सारथी नेपाल पाल्पाको आयोजना र रामपुर नगरपालिकाको व्यवस्थापनमा सिफारिस प्रणाली सम्बन्धी बैठक बसेको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment