pokhara news

हुँगीका देबिलाल कालिगण्डकी किनारमा मृत फेला

                                                        फोटो फाईल
माघ २८, वालिङ ।
हुँगीका देविलाल भट्टराई कालीगण्डकी किनारमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रम्भा गाउँपालिका वडा नम्वर १ का ८७ वर्षीय भट्टराई स्याङ्जाको चापाकोट नगरपालिका ८ को ज्याग्दीघाटस्थित कालीगण्डकी नदिको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको छ । 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार भट्टराईको शव घोप्टो अवस्थामा फेला परेको हो । यही माघ २१ गते विहान ४ बजे घरबाट हिडेका थिए । आज दिउसो १२ बजे प्रहरी मुचुल्का प्रकृया पूरागरी पोष्टमार्टमका लागि स्थानीय चापाकोट अस्पताल पठाइएको हो ।
मृतकका बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर