pokhara news

१७ वर्षमुनिको साफ च्याम्पियनशिप ः नेपालले श्रीलङ्कालाई हरायो, सुजन डङ्गोलको ’ह्याट्रिक’

असोज–७,काठमाडौ ।
१७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ ।
भुटानको चाङलिमिथाङ स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो । नेपालका लागि सुजन डङ्गोलले ह्याट्रिक तथा विज्ञान खड्काले एक गोल गरे । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।
श्रीलङ्कालाई हराएसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह ‘बी’ रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा पर्सि घरेलु टोली भुटानसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।
प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असोज १२ गते शनिवार र फाइनल खेल असोज १४ गते सोमवार हुनेछ ।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर