२० वर्षमुनिको साफ च्याम्पियनशिप ः बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता
भदौ– ६, काठमाण्डौ
२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको जितमा खेलको १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे । बङ्गलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
यो जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । बङ्गलादेशको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।
प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भोलि समूह ’बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्काे समूहको उपविजेतासँग खेल्नेछ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment