७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी
वैशाख–१२, काठमाडौ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगले आज काठमाडौमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो ।
मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो । उहाँले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै देशको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गर्नुभयो ।
मन्त्री गुरुङले नेपालमा अहिलेसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराउनुभयो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment