“आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” लोकार्पण
पुस—१५, वालिङ ।
स्याङ्जाको वालिङमा “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने”े पुस्तक लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीद्वारा लिखित “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” पुस्तक लोकार्पण गरिएको हो । कुनै एक व्यक्तिबाट नभएर सामुहिकरुपमा पुस्तक लोकार्पण गरिएको छ ।
वैकल्पिक बाटो पृथक पाईला सिर्जनात्मक अभियान स्याङ्जाले जिल्लामा साहित्यक पुनर्जागरणको आफ्नो छैटौं वर्ष प्रवेशको सन्दर्भमा वरिष्ठ साहित्कार वनवासीको पुस्तक “आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने” लोकार्पण एवम् रचना वाचन कार्यक्रम आयोजना गरेको हो । यसकासाथै वरिष्ठ साहित्कार वनवासीले आफ्नो ८५ औं वर्ष प्रवेशको अवसर पारेर पुस्तक सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा वसन्त खनालले पुस्तकमाथि चर्चा गर्नुभएको थियो । आँधीखोले लोकगीत र चन्द्रबहादुर सेन “मसाने” लोक तथा दोहोरीगीतका पर्याय भएको र लोकगीत एवम् लोक साहित्यको ऐतिहासिक पृष्टपोषककारुपमा पुस्तकलाई आफूले देखेको खनालले उल्लेख गर्नुभयो ।
यसैगरी लेखक वनवासीको जीवनी, व्यक्तित्व र कृतित्वका सन्दर्भमा लक्ष्मी रेग्मीले बोल्नुभएको थियो । लोक साहित्य, बाल साहित्य तथा समग्र नेपाली साहित्यका क्षेत्रमा सिर्जनाकार वनवासी सिङगो इतिहास भएको रेग्मीले व्यक्त गर्नुभयो । लेखक वनवासीका लेखनीमा निरन्तरता, दर्जनौं कृति, सादगी जीवन, साहित्यप्रतिको समर्पन एवम् विधागत लोकप्रियताले यसको पुष्टी गरेको छ, रेग्मीले भन्नुभयो ।
पुस्तकमा चन्द्रबहादुर सेन मसानेका सन्दर्भमा २००७ सालअघि ख्याति कमाएका, दोहोरीगीतमा जीतेर भूरे राजा गुप्तबहादुर खाँणबाट रु.५सय बक्सिस पाएको इतिहास समेटिएको छ । यसैगरी तत्कालिन राजा महेन्द्रबाट २०१५ र ०१८ सालमा आँधीखोले लोकगीत गाएर दुई पटक स्वर्ण पदक प्राप्त गरेका मसानेको ऐतिहासिक उपलव्धी र योगदानसहित विभिन्न आलेखहरु पुस्तकमा पाइन्छन् । पुस्तकमा आलेख खण्ड, अन्तवार्ता खण्ड, परिशिष्ट खण्ड र दस्तावेज खण्डगरी ४ खण्डमा साहित्यिक सिर्जनाहरु समेटिएको छन् ।
कार्यक्रममा एक दर्जन भन्दा धेरैले आ—आफ्ना सिर्जना वाचन गरेका थिए ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment