pokhara news

JCI Nepal को National Councilors’ Academy पोखरामा हुने

Pokhara Jaycees को आतिथ्यतामा 2026 JCI Nepal National Councilors’ Academy आयोजना हुने भएको छ। नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

Junior Chamber International अन्तर्गत नेपालमा क्रियाशील JCI Nepal ले स्थानीय शाखाका अध्यक्ष तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्न उक्त एकेडेमी आयोजना गर्न लागेको जनाएको छ।

कार्यक्रम चैत २० र २१ गते Pokhara स्थित Kuti Resort मा सञ्चालन हुने तय गरिएको छ। सहभागीहरूका लागि चैत २० गते बिहान १० बजे रिपोर्टिङ समय तोकिएको छ।

एकेडेमीमा सहभागी हुनका लागि प्रति व्यक्ति रु. २,६०० (एक दिनको आवास सहित) शुल्क तोकिएको आयोजकले जनाएको छ। सहभागीहरूले शुल्क Everest Bank Limited मा रहेको पोखरा जेसिजको खातामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले Leadership Training, Organizational Development, तथा Personal Growth सम्बन्धी विभिन्न सत्रहरूमा सहभागिता जनाउनेछन्। साथै जेसिजका गतिविधि र वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नेतृत्व कौशल विकास गर्ने उद्देश्य राखिएको छ।

Pokhara Jaycees का अध्यक्ष जेसी सुमन पहारी ले जारी गरेको सूचनामा देशभरका शाखा अध्यक्षहरूलाई अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिएको छ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर