-
नगरपालिकाको न्यायीक समितिमा आर्थिक वर्ष २०८०÷०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको थिए । यीमध्ये ५५ वटा उजुरी मेलमिलापको माध्यमबाट समाधान भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा बढि हो । योसँगै नगरपालिकाको न्यायीक समिति नागरिकहरुकाबीच प्रभावकारी बनेको तथ्याङ्कले देखाएको हो ।
-
जङ्गलबाट ल्याइएको सेरेना मौरी विस्तार गर्दैजाँदा अहिले २५ घार भएका हुन् । मुढे घारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी विस्तारै आधुनिक घारको प्रयोग गर्दैजाँदा थापाको लागि अहिले आय आर्जनको माध्यम बन्दै आएको छ ।
-
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् ।


