-
एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो ।
-
भुटानको चाङलिमिथाङ स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो । नेपालका लागि सुजन डङ्गोलले ह्याट्रिक तथा विज्ञान खड्काले एक गोल गरे । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।
-
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो ।


