-
आर्थिक वर्ष २०८०÷०८१ मा ईलाका प्रशासन कार्यालयबाट ७ हजार ३ सय ७९ जनाले राहदानी लिएका छन् । जसमा दु्रत सेवा सिफारिसमा ३८ वटा रहेको छ भने कार्यालयबाट राहदानी सिफारिसको संख्या ७ हजार ८ सय २५ रहेको छ ।
-
किचन सहयोगी (कमी तेस्रा)े तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालय तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,(सिटुटेक)को संयुक्त आयोजनामा तालिम सञ्चालन भएको हो ।
-
२०८१ वैशाख महिनामा प्रचलित विद्युत महसुल नै कायम गर्नु गराउनु हुन आयोगको मिति २०८१÷०४÷२२ को २४३ औं बैठकको निर्णयानुसार विपिसीलाई पुनरावलोकनको पत्रसहित अनुरोध गरेको हो ।


