-
नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहनुभएकी अर्यालका ससुरा बुवाको हिजो शनिबार असामयिक निधन भएको छ । पूर्वमन्त्री अर्यालका ८५ वर्षीय ससुरा बुवा टीकाराम पौडेलको अर्जुन चौपारी गाउँपालिका ३ रापाकोट आफ्नै निवासमा हिजो साँझ निधन भएको हो ।
-
आज आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा जिल्लाको समग्र विकासका लागि छलफल गरिएको हो । दशैं अगाडि मुख्य सचिव एकनारायण अर्याल वालिङ आउने कार्यक्रम रहेकाले तयारीका लागि भेलाको आयोजना गरिएको हो ।
-
आज बेलुकीदेखि मनसुन सक्रीय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।


